२०८२ जेठ २५ शनिवार

राशिफल

नेपालमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम आन्तरिक मामिला भएको भारतको भनाइ

India Flag Animation (Close-up)

भारतले नेपालमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रम आन्तरिक मामिला भएको बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले आफूहरुले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमको जानकारी मात्र लिइरहेको बताए।

‘यो नेपालको आन्तरिक मामिला भएकाले उसको आफ्नो घरेलु फ्रेमवर्कभित्र र प्रजातान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ,’ उनले भने, ‘एउटा छिमेकी र मित्रका हिसाबले नेपाल र नेपालीको प्रगति, शान्ति, स्थायित्व र विकासमा भारतले गर्दै आएको सहयोगमा भारत प्रतिवद्ध छ।’