२०८२ जेठ २५ शनिवार

राशिफल

भारतमा कोरोनाबीच याम चक्रवातको ताण्डप, १५ लाखलाई सुरक्षित स्थानमा सारियो

भारतमा बंगालको यास चक्रवातका कारण भएको भारी वर्षा र हावाहुरीले दुई जनाको मृत्यु भएको छ ।

ओडिसा र पश्चिम बंगालको तटीय क्षेत्रमा यसको असर धेरै देखिएको छ । १५ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

कोरोनासँग लडिरहेको अवस्थामा भारतलाई चक्रवात ठूलो समस्या बनेको छ । भारतीय संचारमाध्यमका अनुसार करिब ५० हजार सामान्य घरहरुमा क्षति पुगेको छ । गत साता भारतमा ताउ ते चक्रवातका कारण १५० भन्दा धेरैको निधन भएको थियो ।