२०८२ जेठ २२ बुधबार

राशिफल

चीनले नेपाललाई १० लाख डोज कोरोना खोप अनुदान दिने

चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँगको कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् ।

नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले सामाजिक संजालमाफृत चीनले नेपाललाई अनुदानमा खोप दिएको जानकारी दिएकी हुन् ।

यसअघि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो ।