कोभिड–१९ का कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) बारे दुई साताभित्र विभिन्न विकल्पसहित सुझाव तयार हुने भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले एक भर्चुअल कार्यक्रम मार्फत एसइई परीक्षा वैकल्पिकरुपमा कसरी संचालन गर्ने भन्नेबारे दुई साताभित्र निर्णय हुने बताएका हुन् ।
साथै, उनले वार्षिक परीक्षा सम्पन्न गरेका विद्यालयले नयाँ शैक्षिकसत्र सञ्चालन गर्न सक्ने बताए । कक्षा ८, १० र १२ बाहेकका अन्य परीक्षा सम्बन्धित विद्यालयले सञ्चालन गर्न सक्नेछ।
तपाइँको प्रतिक्रीया