२०८२ असार १२ बिहीबार

राशिफल

संसद विघटनविरुद्द सर्वोच्चमा परेका रिटमा आजदेखि सुनुवाइ हुने

संसद विघटनविरुद्द सर्वोच्चमा परेका रिटमा आजदेखि सुनुवाइ हुने भएको छ। संसद विघटनविरुद्धमा सर्वोच्च अदालतमा परेका रिटमध्ये ११ वटाको संवैधाानिक इजलासमा सुनुवाइ हुने भएको हो ।

सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ जेठ १३ गते तोकिएको छ भने संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको जेठ १४ गते पेशी तोकिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते निर्वाचन तोकेपछि अदालतमा रिट परेका हुन् ।