२०८२ जेठ २२ बुधबार

राशिफल

काठमाडौंमा खाद्य सामग्री चाहिए यी नम्बरमा फोन गर्नुस्, घरमै आइपुग्छ

सरकारले एक साताका लागि किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णय गरेको छ । यो समयमा खाद्य सामग्री अभाव झेल्न नपरोस् भनेर सरकारी विकल्प पनि अघि सारेको छ ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने व्यवस्था गरिएको छ । नागरिकले खाद्य सामग्री मगाए मोबाइल गाडीबाट घरमै लैजाने व्यवस्था मिलाइएको बताइएको छ ।