२०८२ जेठ २७ सोमबार

राशिफल

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या हालसम्मकै धेरै

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७ हजार २२६ पुगेको छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै निको हुने संक्रमितको संख्या यो हालसम्मकै बढी हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९३९ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १०६ जनाको मृत्यु भएको छ ।