२०८२ जेठ २२ बुधबार

राशिफल

जनताले दिएको सार्वभौम अधिकार प्रयोग गर्नुपर्ने अवस्था आउने सक्छ: अग्निप्रसाद सापकोटा

अग्निप्रसाद सापकोटाले जनताले ३३४ जनालाई सार्वभौम अधिकार सुम्पेको र संघीय संसदको हैसियतले त्यो अधिकार आफूबाट अभिव्यक्त हुने बताएका छन् ।

संविधानविदहरूसँग छलफलका क्रममा उनले आवश्यक पर्दा जनताले दिएको सार्वभौम अधिकार प्रयोग गर्नुपर्ने अवस्था आउने बताएका छन्।

उनले भनेका छन्, ‘संघीय संसद्को नेतृत्वको र प्रतिनिधि सभाको सभामुखको हैसियतले त्यो अधिकार मबाट अभिव्यक्त हुनुपर्छ । आवश्यक पर्दा देश, संविधान, लोकतन्त्र र नेपाली जनताको अधिकारका लागि मैले जनताले प्रदान गरेको अधिकार आवश्यक पर्दा प्रयोग गर्नुपर्छ।’