माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत परीक्षण प्रक्रियाका क्रममा दोस्रो ठाउँमा पनि लिकेजको समस्या देखिएको छ। राष्ट्रिय गौरवको आयोजनाको सुरुङको गेटनिर पानी लिकेजको समस्या देखिएपछि थप मर्मत गर्नुपर्ने भएको हो ।
हाल सुरुङमा ड्यामबाट पानी छाड्न बन्द गरिएको छ । लिकेजको समस्या समाधान गर्न करिब १० दिन लाग्छ ।
४५६ मेगावाट क्षमताको यस आयोजनाबाट वैशाख मसान्तभित्रै कम्तीमा एक युनिटको ७६ मेगावाट बिजुली उत्पादन थाल्ने लक्ष्य लिएको भए तापनि अघिल्लो पटक लिकेज भएपछि समस्या भएको थियो । अर्को पटक जेठ मसान्तको समय राखिएको भए तापनि फेरि समस्या आएको हो ।
तपाइँको प्रतिक्रीया