२०८२ जेठ २६ आइतबार

राशिफल

एक पटक लगाएको कोरोना खोपले जीवनभर काम गर्न सक्ने !

एक नयाँ अध्ययनले कोरोनाविरुद्द लगाइएको खोपले वर्षौसम्म भाइरसविरुद्द लड्न सक्ने निचोड निकालेको छ । भाइरसविरूद्ध खोप लगाएपछि शरीरमा विकास हुने प्रतिरोधक क्षमता कम्तिमा एक वर्ष रहने र यो समयक्रममा अझ बलियो हुँदै जाने भएकाले जीवनभर पनि रहन सक्ने अध्ययनले जनाएका छन् ।

रिपोर्टअनुसार कोरोना लागेर निको भएका व्यक्तिमा हड्डीको भित्री तह ९बोन म्यारो० मा रहेका कोषहरूबाट भाइरससँग लड्ने एन्टिबडी विकास हुन्छ।

त्यस्तै, कोरोनासँग लड्ने एन्टिबडी संक्रमण भएको कम्तिमा १२ महिनासम्म सक्रिय रहन्छ। यो अवधिमा उक्त एन्टिबडी थप बलियो हुँदै जान्छ ।

साथै, शरीरमा कोरोना भाइरसको संक्रमणपछि र कोरोनाविरुद्ध खोप लगाएपछि एन्टिबडी विकास हुने अन्तर्राष्ट्रिय जर्नल ‘नेचर’ र ‘बायोआर–एक्सआइभी’ नामक अनलाइनमा प्रकाशित दुई फरक रिपोर्टमा उल्लेख छ ।