२०८२ जेठ २१ मङ्गलबार

राशिफल

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण

नेपालगन्जको भेरी अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन्। दाङका एक पुरुषको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ।

आक्रमणकारीहरुले नर्स, डाक्टर लगायतलाई लखेटीलखेटी आक्रमण गरेपछि ४ जना नर्सले अस्पतालको दुई तलामाथिबाट हाम फालेर ज्यान जोगाएको बताए।

डाक्टर र अस्पतालका अन्य व्यक्तिले पनि लुकीलुकी ज्यान जोगाएका थिए।