बलिउड अभिनेता संजय दत्त युएईको गोल्डेन भिषा प्राप्त गरेका छन् । भिषा प्राप्त गरेको खुसी शेयर गर्दै उनले युएई सरकारलाई धन्यवाद दिएका छन् ।
गोल्डेन भिषा लामो समय बस्न दिइने अनुमति हो । १० वर्ष अवधि रहने यसको मुख्य उद्देश्य प्रतिभाशाली व्यक्तिलाई गल्फ राष्ट्रमा राख्नु हो ।
यो भिषा विशेष गरेर पीएचडी होल्डर, डाक्टर, इन्जिनियरलगायतलाई दिने गरिन्छ । यसको सुरुवात २०१९ मा गरिएको थियो ।
तपाइँको प्रतिक्रीया