२०८२ जेठ २२ बुधबार

राशिफल

युट्युब च्यानलका गलत सन्देशलाई कडाइ गर्न प्रेस काउन्सिलसँग माग

युट्युब च्यानलहरुमा गलत सन्देश जाने खालका तथा पत्रकारिताको मर्म विपरित सामग्री प्रसारण गर्नेलाई कारबाहीको माग गरिएको छ । अनलाइन टिभी पत्रकार संघले प्रेस काउन्सिल नेपाललाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो ।

संघको तर्फबाट अध्यक्ष जीवन भण्डारीले काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीलाई बिहीबार ज्ञापनपत्र बुझाउँदै युट्युबबाट विकृति फैलाउने गरी प्रसारण गर्नेलाई कारबाही गर्न माग गरे ।