२०८२ जेठ २१ मङ्गलबार

राशिफल

इराकविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित

इराकविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको छ। युवा समूहले भरिएको नेपाली टोलीले सुरुवाती चरणमा २–१ को लिड गरे तापनि सम्हालिन नसक्दा हार ब्यहोर्नुपरेको हो ।

नेपालले आगामी साता कुवेत हुने फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटको तयारीका लागि इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो। इराकबाट नेपाल छनोट प्रतियोगिता खेल्ने कुवेत प्रस्थान गर्नेछ।

पूर्व एसियन च्याम्पियन इराक फिफा वरीयतामा नेपाल भन्दा १०३ माथि छ। इराक वरीयतामा ६८औं स्थानमा छ भने नेपाल १७१औं स्थानमा छ।