सरकारले मदिरा, चुरोट, वाइन र हल्का पिय पदार्थको अन्त शुल्क बढाएको छ। हरेक वर्ष यी वस्तुमा बढाउने गरेको करलाई आर्थिक वर्ष २०७८–७९ मा पनि निरन्तरता दिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।
सरकारले विदेशबाट पैठारी हुने र स्वदेशमा उत्पादित बिँडीमा प्रति खिल्ली पच्चीस पैसा, चुरोट र सिगारमा प्रति खिल्ली पचास पैसा, र खाने सुर्ति, खैनी, गुट्खा, पान मसलामा प्रति किलो ग्राम चालीस रुपैयाँका दरले समदरमा स्वास्थ्य जोखिम कर लगाई असुल गर्ने बताएको छ ।
बजेटमार्फत प्रतिलिटर १ सय ६८ रुपैयाँका दरले वियरमा लाग्दै आएको अन्तशुल्क बढाएर १ सय ९८ रुपैयाँ पुर्याएको छ । बजेटबाट वाइन लिटरको १६५ रुपैयाँ रहेको अन्त शुल्क १ सय ९८ रुपैयाँ पुर्याइएको छ ।
तपाइँको प्रतिक्रीया