२०८२ जेठ २४ शुक्रबार

राशिफल

कोरोनाको नक्कली औषधि बेच्ने ३ सय ५० जना पक्राउ

भारतमा कोरोना संक्रमित बिरामीलाई नक्कली औषधि बिक्री गरेको आरोपमा ३ सय ५० जनाभन्दा बढी पक्राउ परेका छन् ।

ती व्यक्तिहरुले सामाजिक सन्जाललाई प्रयोग गरेर कोभिड बिरामीलाई नक्कली औषधि र स्वास्थ्य सामग्रीहरु बेचेका थिए । उनीहरुलाई नयाँदिल्लीबाट पक्राउ गरिएको हो ।

कोरोनाका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको भारतमा पछिल्लो समय यस्ता गतिविधि बढीरहेका छन् भने प्रहरीले पनि आफ्नो सक्रियता बढाइरहेको छ ।