चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरस विरूद्धको खोप मंगलबार दिउँसो नेपाल आइपुग्ने भएको छ।
सोमबार राति ११ बजे काठमाडौंबाट एयरबस ए ३३० जहाज बेइजिङ जाने कार्यतालिका छ।
सोमबार राति नेपाल एयरलाइन्सको जहाज खोप ल्याउन चीन जान लागेको हो । जहाजले ८ लाख डोज खोप ल्याएर मंगलबार नेपाल आउनेछ ।
यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप अनुदान दिने घोषणा गरेका थिए।
तपाइँको प्रतिक्रीया