रक्सी चोरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिराहाले ३ जना प्रहरीलाई निलम्बन गरेको छ ।
लहान नगरपालिका वडा नम्बर २३ गढिया चोकस्थित पूजा होटल एवं एसके मदिरा पसलबाट भोड्का रक्सी चोरेको आरोपमा प्रहरी सहायक निरीक्षक (असई) सहित ३ जनालाई निलम्बनमा परेका हुन् ।
निलम्बनमा पर्नेमा असई नवलकिशोर ठाकुर र जवानद्वय अन्नु कुमार राय र नरेश कुमार राय छन् । उनीहरुले पसलबाट रक्सी चोरेको भिडियो सार्वजनिक भएको थियो ।
तपाइँको प्रतिक्रीया