२०८२ जेठ २१ मङ्गलबार

राशिफल

जसपा ८ मन्त्रालयसहित सरकारमा जाने !

८ मन्त्री र २ राज्यमन्त्रीसहितर जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका यी दुई नेताबीच बालुवाटारमा भएको छलफलमा ८ मन्त्री र २ राज्यमन्त्री जसपाले पाउने गरी सहमति जुटेको बताइएको छ ।

८ मध्ये ६ वटा पूर्व माओवादी खेमाका मन्त्रीहरू जिम्मेवारीविहीन भएपछि रिक्त भएका मन्त्रालय जसपाले पाउने छ । गृहको दाबी गरे तापनि प्रधानमन्त्रीले गृह आफ्नै पार्टीसँग राख्ने बताइसकेका छन् ।

स्रोतका अनुसार राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, उमाशंकर अरगरिया, विमल श्रीवास्तव र एकवाल मियालाई मन्त्री बन्ने सम्भावना बलियो छ ।