२०८२ जेठ २२ बुधबार

राशिफल

निको भएका कोरोना संक्रमितमा देखिन थाल्यो कालो ढुसीको संक्रमण

नेपालमा म्युकोरमाइकोसिस (कालो ढुसी) को संक्रमण देखिन थालेको छ । वीरगञ्जबाट सुरु भएको यो संक्रमण बाँके, काठमाडौंलगायतका शहरमा देखिएको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १२ जना कोरोना संक्रमितमा कालो ढुसीको संक्रमण देखिएको छ । भारतमा पनि कोरोना संक्रमण निको भएका १० हजारभन्दा बढी ब्यक्तिमा यो संक्रमण देखिएको थियो ।

मधुमेह, क्यान्सर, किड्नी, स्टेरोइड तथा एन्टिबायोटिक औषधि सेवन गरेका गम्भीर प्रकृतिका कोभिडका बिरामीहरु संक्रमणमुक्त भएपछि कालो ढुसीको संक्रमण देखा पर्ने सम्भावना रहेको डाक्टरहरु बताउँछन् ।