२०८२ जेठ २२ बुधबार

राशिफल

जसपा उपेन्द्र यादव समूहले प्रदेश २ मा आन्दोलन गर्ने

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पक्षको प्रदेश २ समितिले प्रतिनिधिसभा विघटनविरुद्व आन्दोलन घोषणा गरेको छ ।

प्रदेशका पदाधिकारी एवं आठै जिल्लाका अध्यक्षहरुको भर्चुअल बैठकले आन्दोलन घोषणा गर्ने निर्णय गरेको हो । साथै, जसपाले कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल पक्षधरसँग सहकार्यका लागि पत्राचारसमेत गरेको छ ।

जेठ १८ गते साँझ ५ बजे सबै पालिका केन्द्रमा राष्ट्रपति तथा प्रधानमन्त्रीको पुत्ला दहनको कार्यक्रम घोषणा गरिएको भने १९ गते सबै पालिका केन्द्र तथा मुख्य शहरमा मसाल जुलुस निकाल्ने कार्यक्रम राखिएको छ ।