२०८२ जेठ २५ शनिवार

राशिफल

के कुरा भयो ओली र नेपाल पक्षका नेताको ४ घण्टा लामो छलफलमा ?

प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दोश्रो तहका नेताहरूबीच लामो छलफल भएको छ । सोमबार राति यी दुई पक्षमा नेताबीच करिब ४ घण्टा छलफल भएको बुझिएको छ ।

दरबारमार्गस्थित एक होटलमा भएको छलफलमा नेपाल पक्षका तर्फबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराई सहभागी थिए भने ओली पक्षका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली सहभागी थिए।

छलफलका क्रममा पार्टी एकतबारे लामो कुराकानी भएको बुझिएको छ । पार्टीलाई जेठ २ मा फर्काउने विषयमा नेताहरुले लामो समय छलफल गरेका थिए । नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ को संगठनात्मक संरचनामा फर्काउने अडान लिदै आएको छ। तर ओली भने त्यसका लागि तयार भएका छैनन्।