जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतोसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।
बहुमत कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले ठाकुर, महतो, नेताद्वय लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निष्कासन गरेको हो । निष्कासन गरिएको जानकारी निर्वाचन आयोगमा दिइएको छ ।
७ जेठमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि हस्ताक्षर गरेपछि ठाकुरसहित चार नेतालाई अध्यक्ष यादवले स्पष्टीकरण सोधेका थिए ।
तपाइँको प्रतिक्रीया