नेपाल उद्योग वाणिज्य महासंघले को मुलुकभर करिब ६८ देखि ७० प्रतिशत उद्योग, व्यवसाय कोभिडका कारण प्रत्यक्ष प्रभावित भएको बताएको छ ।
महासंघले आफ्ना सातै प्रदेशका सदस्य तथा उद्योग वाणिज्य संघका पदाधिकारीहरूसँग जारी निषेधाज्ञाले उद्योग, व्यवसायमा पारेको असरका विषयमा टेलिफोन संवाद हुँदा सो जानकारी पाएको बताएको हो ।
महासंघका अनुसार प्रदेश नम्बर–१ मा ८२.७, गण्डकी प्रदेशमा ७५, वाग्मती प्रदेशमा ६९, प्रदेश नम्बर–२ मा ६९, लुम्बिनी प्रदेशमा ६४.५, सुदूरपश्चिममा ५७.७ र कर्णाली प्रदेशमा ४५.५ प्रतिशत उद्योग, व्यवसायमा असर परेको छ ।
खाद्यान्न, स्वास्थ्यसँग सम्बन्धित, स्वास्थ्य तथा अत्यावश्यक वस्तु तथा सेवामा आधारित उद्योग, व्यवसाय, पिउने पानी, कृषिबाहेक सबै क्षेत्रका उद्योग, व्यवसाय ठप्प रहेको महासंघले जनाएको छ ।
तपाइँको प्रतिक्रीया