२०८२ जेठ २२ बुधबार

राशिफल

फिफा विश्वकप छनोट– नेपालको खेल कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने

कुवेतमा हुने फिफा विश्वकप तथा एएफसी एसिया कप छनोटअन्तर्गत नेपालको खेल कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने भएको छ ।

नेपालले कुवेतमा तीन खेल खेल्दैछ। जसमा जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अस्ट्रेलियासँग खेल हुनेछ।

प्रत्यक्ष प्रशारणका लागि अखिल नेपाल फुटबल संघ एन्फा र कान्तिपुर टेलिभिजनबीच सम्झौता भएको छ। सबै खेल नेपाली समय अनुसार राती पौने १० बजेबाट सुरू हुनेछ।