२०८२ जेठ २२ बुधबार

राशिफल

चीनले अनुदानमा दिएको भेरोसेल खोप ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई दिइने

चीनले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप जेठ २५ गतेदेखि देशभरका ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई दिइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार चीनबाट प्राप्त हुने १० लाख डोज खोपले यो उमेर समूहका नागरिकलाई पुग्नेछ ।

मन्त्रालयका अनुसार नेपालमा ६० देखि ६४ वर्षका नागरिकको संख्या ८ लाख ५४ हजार छ ।