२०८२ जेठ २५ शनिवार

राशिफल

नेपालले पनि विश्वकप क्रिकेट खेल्न पाउने सम्भावना बढ्यो !

सन् २०२४ देखि २०३१ सम्मको साइकलमा आइसीसी क्रिकेट विश्वकपमा टीम संख्या बढ्ने भएको छ । एकदिवसीय विश्वकपमा १४ र टी२० विश्वकपमा २० टिम सहभागी हुनेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले सन् २०२४, २०२६, २०२८ र २०३० को टी२० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ ।

यसो भएसँगै टी२० विश्वकपमा नेपाल पनि खेल्न पाउने सम्भावना बढेको छ । नेपालले सन् २०१४ मा पहिलो पटक टी२० विश्वकप खेलेको थियो । तर त्यसयता टी२० विश्वकपमा छनोट हुन सकेको छैन । हाल नेपाल टी२० वरियतामा १३ औँ स्थानमा छ ।

टी२० विश्वकपमा ५५ टिमको चार समूह हुनेछ । चार समूहको शीर्ष दुई टिम सुपर एटमा प्रवेश गर्ने आइसीसीले जनाएको छ । त्यसपछि नकआउटमा स्टेजमा खेल हुनेछ ।