२०८२ जेठ २२ बुधबार

राशिफल

खाद्यान्न बिक्री र पूर्वाधार निर्माण कार्य खुला गरिने

काठमाडौंमा २१ गतेदेखि खाद्यान्न बिक्री र पूर्वाधार निर्माण कार्य खुला गरिने भएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले खाद्यान्न बिक्रीको लागि मात्रै किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न दिने तयारी गरेको हो ।

बैठकले थप एक साता वा १० दिन निषेधाज्ञा थप्ने तयारी समेत गरेको छ । निर्माण क्षेत्रमा नै कर्मचारी राखेर सञ्चालन गरिने पूर्वाधार निर्माण कार्य स्वास्थ्य मापदण्ड पूरा गरेर अघि बढाउन सक्ने निर्णय हुन लागेको हो ।