चीनमा मानिसमा बर्डफ्लुको दुर्लभ भेरियन्ट एच१०एन३ संक्रमण देखिएको छ । संसारमै पहिलो पटक चीनका ४१ वर्षीय पुरुषमा उक्त भेरियन्टको संक्रमण पुष्टि भएको हो ।
यो संक्रमण मानिसबाट अर्को मानिसमा सजिलै सर्छ या सर्दैन भन्नेबारे अनुसन्धान सुरु गरिएको छ । अहिले संक्रमण देखिएका मानिसको सम्पर्कमा आएका अन्य मानिसमा गरिएको परीक्षणमा भाइरसको संक्रमण देखिएको थिएन ।
यो कुखुराबाट मानिसमा सर्न सक्ने संक्रमण हो । यसअघि रुसमा बर्डफ्लुको एच५एन८ संक्रमण मानिसमा देखिएको थियो ।
तपाइँको प्रतिक्रीया