२०८२ जेठ २२ बुधबार

राशिफल

खोलानालाबाट ढुंगा–गिट्टी र बालुवा संकलन गरिरहेका टिपर ट्याक्टर र एक्साभेटर मेसिन नियन्त्रणमा

रुपन्देही प्रहरीले गैरकानुनी रुपमा खोलानालाबाट ढुंगा–गिट्टी र बालुवा संकलन गरिरहेका टिपर ट्याक्टर र एक्साभेटर मेसिन नियन्त्रणमा लिएको छ। प्रहरीले एकैदिन २२ वटा टिपर, तीन वटा ट्याक्टर र एउटा एक्साभेटर उपकरण नियन्त्रणमा लिएको हो।

त्यस्तै, इलाका प्रहरी कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय छपिया र इलाका प्रहरी कार्यालय सूर्यपुराको टोलीले मापदण्डविपरीत एक्साभेटर मेसिन प्रयोग गरेर नदीजन्य सामग्री उत्खनन् गर्न प्रयोग गरिएका थुप्रै उपकरण तथा सवारी नियन्त्रणमा लिएको छ ।