चौधरी समूहअन्तर्गतको सीजी नेटले इन्टरनेट सेवा सुरु गरेको छ । कम्पनीले काठमाडौँका जावलाखेल, भनिमण्डल, एकान्तकुना, झम्सिखेलमा सेवा सुरु गरेको हो ।
२०७८ सालभित्रै देशका सबै ठाउँमा यो सेवा पुर्याउने सिजीको लक्ष्य छ । काठमाडौँ उपत्यकाका लागि पूर्वाधार विस्तारको काम भइरहेको र छिट्टै यो सुविधा उपलब्ध हुनेछ ।
सीजी नेटले तत्कालका लागि १२० एमबीपीएसको इन्टरनेट मासिक मूल्य अभिवृद्धि करबाहेक ९९९ रुपियाँमा उपलब्ध गराउने भएको छ । उक्त गतिमा यो मूल्य अहिलेसम्मकै सबैभन्दा सस्तो हो ।
तपाइँको प्रतिक्रीया