नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकको मर्जरलाई स्वीकृति दिएको छ ।
राष्ट्र बैंकको मंगलबार बसेको बोर्ड बैठकले यी दुई बैंकलाई लेटर अफ इन्ट्रेस्ट (एलओआई) दिने निर्णय गरेको हो । यी दुई बैंकबीच वैशाख ३० गते मर्जर सम्झौता भएको थियो ।
यसअघि इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र हिमालयनका अध्यक्ष तुलसीप्रसाद गौतमले मर्ज सम्झौतामा हस्ताक्षर गरेका छन् । नयाँ बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ रहनेछ ।
बैंकले केही कर्मचारी कटौति गर्ने भएको छ । इच्छुक कर्मचारीले निश्चित सेवा सुविधा लिएर अवकाश हुन पाउने व्यवस्थासमेत गरिएको छ ।
मर्जपछि बैंकको अध्यक्ष पृथ्वीबहादुर पाण्डे हुनेछन्। सिइओ अशोक राणा हुनेछन्। राणाको कार्यकाल सकिएपछि ज्योति पाण्डे सिइओ हुनेछन्।
यसैबीच बोर्ड बैठकले नवील बैंक–यूनाइटेड फाइनान्सलाई मर्जरका लागि एलओआई दिने निर्णय गरेको छ । एलओआई पाएसँगै यी संस्थालाई मर्जर प्रक्रिया अगाडि बढाउन सहज हुनेछ ।
तपाइँको प्रतिक्रीया