२०८२ जेठ ३२ शनिवार

राशिफल

माधव नेपालले बोलाएको बैठकमा सहभागी नहुनु– एमाले

नेकपा एमाले माधवकुमार नेपाल पक्षले बोलाएको बैठकमा सहभागी नहुन पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टीका नेताहरूलाई निर्देशन दिएको छ ।

पार्टीका सचिव शेरबहादुर तामाङले एक विज्ञप्ति निकालेर पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले बोलाएको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन भनेका हुन् ।

नेपालले बिहीबार बिहान ११ बजे भर्चुअल रूपमा केन्द्रीय कमिटी बैठक राख्न लागेका छन्।