कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट चरणअन्तर्गत बिहीबार नेपालले पहिलो खेलमा चाइनिज ताइपेइको सामना गर्दैछ ।
विश्वकप छनोटअन्तर्गत समूह बी मा ४ अवे र १ होम गेम गरी नेपालले हालसम्म एक खेलमा मात्र जित निकालेको छ । तालिकामा नेपालको तीन अंक छ । कम्तीमा समूहको चौथो स्थानमा रहेर एसिया कप २०२३ को छनोट सम्भावनालाई जीवन्त राख्न नेपालले आजको खेल जित्नुपर्ने हुन्छ ।
छनोट चरणको पहिलो खेलमा जोर्डनलाई ७–० को नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० ले हराएको थियो । तेस्रो खेलमा भने नेपाल अस्ट्रेलियासँग ५–० ले र चौथो खेलमा जोर्डनसँग ३–० ले पराजित भएको थियो । होम गेमको रुपमा पहिलो खेल खेल्दा न्युट्रल भेन्युको रुमपा रहेको भुटानमा कुवेतसँग १–० ले पराजित भएको थियो ।
तपाइँको प्रतिक्रीया