बलिउड फिल्ममा फरक–फरक भूमिकामा सफल अभिनय गर्ने अमिर खान फागुन ३० गते आफ्नो ५४ औँ जन्मदिन मनाउँदैछन् । बलिउडमा चर्चित कलाकार मध्येका एक आमिरको समकक्षीभन्दा फरक पहिचान छ । लामो समयपछि रिलिज हुने उनको फिल्म हरेक पटक फ्यानका लागि विशेष रहन्छ ।
आमिर पनि फिल्ममा निकै मेहनत गर्छन् र फ्यानको आशा र भरोसालाई मर्न दिँदैनन् । त्यसैले पनि उनी बहुप्रतिभाशाली छन् । अझ रोचक कुरा त के छ भने आमिर आफ्ना हरेक फिल्ममा फरक–फरक गेटअपमा देखिन्छन् ।
उनको शरीर, हेयरस्टाइल, स्कीनमात्र होइन शारीरिक हाउभाउ पनि फरक रहन्छ । त्यसैले उनलाई बलिउडका बहुरुपी हस्ती भन्दा फरक नपर्ला । चर्चा गरौँ यिनै हस्तीको सबैभन्दा चर्चित ८ भूमिका र गेटअप:
१. ट्याटू म्यान ‘गजनी’
फिल्म ‘गजनी’मा आमिरले शरीरभरी ट्याटु खोपाएका थिए । साथै उनको टाउकोमा चोटको निशानसमेत थियो । फिल्मको नामबाट मुख्य पात्रको नाम राखिएको थियो ।आमिरको यस फिल्मले राम्रो चर्चामात्र पाएन उनको गेटअपको पनि निकै तारिफ भयो । कतिपय त रनभुल्लमा समेत परे ।
२. सोझो भुवन
फिल्म ‘लगान’ आमिरको फरक भूमिकामा रहेको अर्को फिल्म हो । जहाँ उनले भूवनको भूमिका निभाएका छन् । फिल्ममा उनको अभिनयलाई हेर्दा उनी साच्चीकै कुनै गरिब किसानको घरमा जन्मिएको र त्यहीँ आफ्नो जीवन जिइरहेको जस्तो देखिन्छ । भुवनको भोलापनले धेरैको मन जित्न सफल भएको थियो र आज पनि सो फिल्ममा आमिरको भूमिकाको उत्तिकै चर्चा छ ।
३. अग्रदूत ‘मंगल पाँडे’
प्रथम भारतीय स्वतन्त्रता संग्रामका अग्रदूत मंगल पाँडेको बायोपिक फिल्ममा आमिरले ‘मंगल पाँडे’को भूमिका निभाएका थिए ।आमिरको जुँगा र आँखामा देखिएको आवेग हेर्न लायक थियो । फिल्मले दर्शकको त्यति धेरै माया पाउन नसके तापनि आमिरको भूमिकाको चौतर्फी तारिफ भयो । फिल्ममाउनलाई मृत्युदण्ड दिँदाको क्षण सम्झँदा आज पनि धेरैको आँखामा आमिर नाच्छन् ।
४. एलियन वाला ‘पीके’
फिल्म ‘पीके’को पोस्टर बाहिर आउनसाथ यसले राम्रो चर्चा कमाएको थियो । फिल्ममा आमिर एलियन जस्ता देखिन्छन् । उनका लामालामा कानमा धेरैको ध्यान गएको पाइन्छ । फिल्ममा उनको गेटअपलाई लिएर पनि निकै चर्चा भएको थियो । उनी एउटै फिल्ममा फरक–फरक भूमिकामा देखिएका थिए ।
५. पुलिसवाला आमिर
‘तलाश’ आमिरको अर्को चर्चित फिल्म हो । जसमा उनी एक पुलिस इक्स्पेक्टरको भूमिकामा देखिएका छन् । यसभन्दा अघि उनी ‘सरफरोश’ मा पुलिसको भूमिकामा नदेखिएका होइनन् । तर, दुवै भूमिकामा उनले एक अफिसर र इक्स्पेक्टरवाला भूमिका फरक–फरक तरिकाले निभाएका छन् । प्रहरीको गेटअपमा आमिर निकै खुलेका र गम्भीर देखिएका थिए ।
६. शक्ति कुमार बन्दा
२०१७ को चर्चित फिल्म ‘सीक्रेज सुपरस्टार’मा आमिर खान संगीतकार शक्ति कुमारको भूमिकामा देखिन्छन् । फिल्ममा आमिरको शारीरिक र अनुहारको भावले धेरैलाई हँसाउँछ । साथै, फिल्ममा आमिरको कपडा, कपाल, दाह्री–जुँगा लगायतका गेटअप पनि भूमिका सुहाउँदो छन् ।
७. शरीर नै परिवर्तन
फिल्म ‘दंगल’मा आमिरफोगाट परिवारको मुख्य ब्यक्ति महावीर फोगाटका रुपमा देखिएका थिए । यस भूमिकाका लागि उनले आफ्नो शरीरको तौल नै बढाएका थिए । उनले आफ्नो तौल १०० किलो बनाएका थिए ।
८. घुमन्ते
गत वर्ष आएको आमिरको फिल्म ‘ठग्स अफ हिन्दूस्तान’मा आमिरले घुमन्तेको भूमिका निभाएका थिए । फिल्म धेरै नचले पनि आमिरको भूमिकाको भने निकै तारिफ भएको थियो ।फिल्ममा उनी गद्यामा सवार दृश्य हेर्न लायक थियो ।उनको जुँगा, कपाल, पहिरन लगायतको गेटअप निकै फरक खालको थियो । फिल्ममा उनी विदेशीजस्ता देखिएका थिए ।
तपाइँको प्रतिक्रीया