वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया सुरू गर्न माग गरेका छन् । भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्न सकिने बताउँदै उनीहरुले प्रक्रिया सुरु गर्न माग गरेका हुन् ।
भर्चुअल रूपमा छलफल गर्दै कोरोना महामारी रहिरहे पनि पूर्वनिर्धारित समयमा महाधिवेश गर्न सकिने यो पक्षको धारणा थियो । सोहीअनुसार पार्टी सभापति शेरबहादुर देउवासँग सो माग गरिएको हो ।
हालसम्म ६१ जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरणका काम सकेर सफ्टवेयरमा इन्ट्रीसमेत भइसकेको छ।
तपाइँको प्रतिक्रीया