बिहीबार सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ । दुई दिनदेखि स्थिर रहेको सुनको मूल्य आज भने बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार ९ सय रुपैयाँ हरेको छ ।
मंगलबार र बुधबार सुनको मूल्य प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुनको मूल्यको कारोबार मूल्य ९४ हजार चार सय रुपैयाँ कायम भएको छ ।
तपाइँको प्रतिक्रीया