फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले जित हात पारेको छ।
बिहीबार कुवेत सिटीमा भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलले पराजित गरेको हो। नेपालको जितमा अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेका थिए ।
खेलको तेस्रो मिनेटमा अन्जनले पेनाल्टीमार्फत गोल गरेका थिए भने नवयुगले सुमन अर्यालले दिएको पासमा ८१ मिनेटमा गोल गरेका थिए।
अब नेपालले छनोटमा जोर्डनसँग जेठ २४ गते र अस्ट्रेलियासँग जेठ २८ गते खेल्नेछ।
तपाइँको प्रतिक्रीया