प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बिहीबार राति विराटनगरस्थित एयरपोर्ट रोडमा कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट पैदलयात्री ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको हो । पछिल्लो समय कार प्रदेशसभा सदस्य बिन्दियाका छोरा रोबिन कार्कीले प्रयोग गर्दै आएका थिए । तर, दर्घटनापछि चालक भागेकाले त्यसबखत कसले चलाएको थियो भन्ने खुलेको छैन ।
तपाइँको प्रतिक्रीया