निषेधाज्ञाका कारण फिल्म प्राविधिकहरुलाई रोजी–रोटीमा समस्या आएपछि नायिका स्वस्तिमा खड्काले सहयोग अभियान सुरु गरेकी छन् ।
सामाजिक संजालमा एउटा भिडियो सार्वजनिक गर्दै उनले यस अभियानमा साथ दिन सबैलाई आग्रहसमेत गरेकी छन् । हाल सरकारको प्राथमिकतामा चलचित्र उद्योग पर्न नसकेको भन्दै उनले सबैभन्दा बढी समस्यामा चलचित्रमा काम गर्ने प्राविधिकहरु परेकाले सहयोगका लागि अपिल गरेकी हुन् ।
उनले प्राविधिकहरुलाई सहयोग गर्न ९८४१०१७७६४ नम्बरको इसेवा आइडीमा रकम पठाउन सकिने बताएकी छन् ।
तपाइँको प्रतिक्रीया