जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगलाई जवाफ पठाएका छन्। यादव पक्षले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित चार जनालाई पार्टीबाट निष्काशन गरेको पत्र यसअघि निर्वाचन आयोगलाई पठाएको थियो ।
तर, आयोगले प्रक्रिया नपुगेको भन्दै प्रक्रिया पुर्याएर पुन: पत्र पठाउन भनेको थियो । यादव पक्षले जसपाका ५१ जना कार्यकारी सदस्यमध्ये २७ जनाको हस्ताक्षरसहित पार्टीको निर्णय निर्वाचन आयोगमा पठाएको छ ।
त्यस्तै, महन्थ ठाकुरले पनि यादवलाई निष्काशन गरेको पत्र पठाएका थिए । उनलाई पनि आयोगले पत्र पठाएर बैठकको माइन्युटसहितका डकुमेन्ट पठाउन भनेको थियो ।
तपाइँको प्रतिक्रीया