बेलायतस्थित नेपाली राजदूतावासले डेलिमेललाई कोरोना भाइरसको ‘नेपाली भेरिएन्ट’ भेटिएको भन्ने तथ्यहीन समाचार सच्याउन आग्रह गरेको छ।
डेलिमेल पत्रिकारले नेपालमा विकसित कोरोनाको नयाँ भेरिएन्ट बेलायतमा फेला परेको भनी प्रमुख शीर्षकमा समाचार छापेको थियो। जसलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले समेत गलत साबित गरिसकेको छ।
नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दूतावासले आधारहीन समाचारको खण्डन गर्दै त्यो सच्याउन डेलिमेललाई पत्र पठाएको छ।’
तपाइँको प्रतिक्रीया