२०८२ जेठ २० सोमबार

राशिफल

भैरहवा र पोखराको विमानस्थलको निर्माण ६ महिना लम्बिने

कोरोना महाकारीका कारण भैरहवा र पोखरामा निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थलको काम करिब ६ महिना लम्बिने भएको छ ।

पोखरा विमानस्थलको हालसम्म ७७ प्रतिशत मात्र काम भएको छ भने भैरहवामा चीनबाट प्राविधिकहरु ल्याउन नसक्दा अन्तिम चरणमा पुगेर काम रोकिएकको छ ।

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको केही प्राविधिक काम मात्रै बाँकी रहे तापनि सो काम गर्ने जनशक्ति भने छैन । विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’ गर्न बाँकी छ । भैरहवाको काम ९५ प्रतिशत सम्पन्न भएको छ ।