२०८२ जेठ ३२ शनिवार

राशिफल

प्रदेशसभा सदस्यबाट पदमुक्त भएका जनमोर्चाका सांसद थापाद्वारा सर्वोच्चमा रिट दायर

गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले शुक्रबार आफ्नो सांसद पद कायम राख्न माग गर्दै रिट दायर गरेका हुन् ।

आफूले पार्टी नछोडेको र ह्वीप पनि उल्लंघन नगरेको भन्दै विना आधार पार्टीले कारबाही गरेको उनको रिटमा उल्लेख छ ।

जनमोर्चाले थापालाई पार्टीबाट निष्कासन गरेको पत्र प्रदेशसभा सचिवालयमा दिएपछि थापा सांसदबाट पदमुक्त भएका थिए ।