२०८२ जेठ ३२ शनिवार

राशिफल

जसपा ठाकुर–महतो पक्षलाई समेटेर मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारी तर, एउटा समस्या

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले सरकारमा सहभागी हुने तयारी गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र ठाकुरबीच शुक्रबार दिउँसो भएको भेटमा यसबारे छलफल भएको हो । प्रधानमन्त्री ओली जसपालाई यसअघिनै ८ मन्त्री र २ राज्यमन्त्री दिन तयार भइसकेका छन्।

उता, जसपाको विवाद निर्वाचन आयोगमा पुगेकाले तत्कालै सरकारमा जानेकि विवाद टुंगिएपछि जाने भन्ने ठाकुर समूहमा अझै अन्यौल छ।