जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष शुक्रबार नै सरकारमा सहभागी हुने भएको छ । शुक्रबार साँझ जसपाका मन्त्रीले पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
महतोले उपप्रधान तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी उनको नेतृत्वमा जसपा सरकारमा सहभागी हुन लागेको हो ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र ठाकुर पक्षबीच भएको भेटमा यस्तो सहमति भएको बुझिएको छ । जसपाले ८ मन्त्रालको दाबी गरेको छ । तर, आजै सबै मन्त्रीले शपथ लिने सम्भावना नरहेको बुझिएको छ ।
यस्ता छन्, अन्य मन्त्रीहरु
शरद सिंह भण्डारी: ऊर्जा तथा जसस्रोत
अनिल झा: खानेपानी तथा सरसफाई
लक्ष्मणलाल कर्ण: भूमि व्यवस्था तथा सहकारी
बिमल श्रीवास्तव: श्रम तथा रोजगार
उमाशंकर अरगरिया: वन तथा वातावरण
चन्दा चौधरी: महिला तथा बालबालिका
एकबाल मियां: युवा तथा खेलकूद
चन्द्रकान्त चौधरी: ऊर्जा राज्यमन्त्री
रेणुका गुरुङ– महिला बालबालिका राज्यमन्त्री
तपाइँको प्रतिक्रीया