उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारबाट बाहिरिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा यी दुई मन्त्री बाहिरिने भएका हुन् ।
परराष्ट्र मन्त्रालयको जिम्मा रघुबीर महासेठले पाउनेछन् । उनी र अर्थमन्त्री विष्णुप्रसाद पौडेल उपप्रधानमन्त्री बन्नेछन् ।
शुक्रबार जसपाको महन्थ ठाकुर पक्ष राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी भएको छ ।
अर्थमन्त्री पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन मन्त्री लीलानाथ श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ भने सरकारमा रहनेछन् । तीबाहेक एमालेका मन्त्री हट्नेछन् ।
तपाइँको प्रतिक्रीया