परराष्ट्रमन्त्री पदबाट हट्नासाथ नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
उनले सवा तीन वर्ष मन्त्री रहँदाको सम्पत्ति विवरण सार्वजनिक गर्दै विदेश भ्रमणबाट आएको लेभी पार्टीको खातामा बुझाएको उल्लेख गरेका छन् ।
उनले विदेश भ्रमणबाट आएको ३ लाख १४ हजार ९३० लेभी र पारिश्रमिक बापतको लेभी ६ लाख २० हजार गरेर जम्मा ९ लाख ३४ हजार ९३० पार्टी खातामा जम्मा गरेका हुन् ।
उनले पारिश्रमिकको कर कट्टी बापत ३ लाख ७२ हजार ८९१ रुपैयाँ सरकारी कोषमा दाखिल भएको पनि उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘यसबाहेक बैंक खातामा ७ लाख ४१ हजार ७७५ रुपैयाँ बचत रहेको छ । मन्त्री रहँदा दुई सय जति पुस्तक थपिनु बाहेक सम्पत्ति विवरणमा कुनै फेरबदल भएको छैन ।’
तपाइँको प्रतिक्रीया