२०८२ जेठ ३२ शनिवार

राशिफल

राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिवद्ध छु: उपप्रधानमन्त्री महतो

उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिवद्ध रहेको बताएका छन्।

गए राति मन्त्री महतोले प्रेस विज्ञप्ति निकालेर आफ्ना भनाइ बङ्ग्याएर र गलत अर्थ लाग्ने गरी प्रचारप्रसार भएकोमा ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले यसो गरेका हुन् ।

उनले नेपाल बहुल राज्य नभएसम्म अधिकार र पहिचानको निम्ति आन्दोलन जारी रहने बताएका थिए ।

उनले भनेका छन्, ‘म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिवद्ध रहेको छु। यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने म प्रष्ट पार्न चाहन्छु ।’