२०८२ जेठ २२ बुधबार

राशिफल

असार १ देखि नयाँ शैक्षिकसत्र सुरू गर्न शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले असार १ देखि वैकल्पिक माध्यमबाट नयाँ शैक्षिकसत्र सुरू गर्न निर्देशन दिएका छन् ।

शिक्षामन्त्री श्रेष्ठले असार १ गतेबाट नयाँ भर्ना प्रक्रिया र कक्षा सञ्चालन गर्न आग्रह गर्दै त्यसका लागि कार्यक्रम तर्जुमा गर्न मन्त्रालयका उच्च कर्मचारीलाई निर्देशन दिएका हुन्।

नेपाल शिक्षक महासंघले भने चालु शैक्षिकसत्रमा कात्तिकदेखि मात्रै सामुदायिक विद्यालयमा राम्रोसँग पढाइ शुरु भएकाले कोर्स पूरा गरी, वार्षिक परीक्षा र परीक्षाफल प्रकाशनपछि नयाँ भर्ना गर्दा साउन–भदौ पुग्ने सक्ने भएकाले सोअनुसार गर्न सरकारलाई आग्रह गरका छन् ।